सेयर बजारमा ३.३४ अंकको करेक्सन, ७२ करोड ४९ लाखको कारोबार

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८०

काठमाडौं । सेयर बजारमा सामान्य अंकले करेक्सन आएको छ।  आज नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१३.३१ विन्दुमा अडिएको छ। अघिल्लो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा पुगेको थियो।

कारोबार रकम आइतबारको तुलनामा घटेको छ।आज २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर ७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँमा खरिदबिक्री भयो।

आइतबार ९० करोड ६३ हजार ८५६ रुपैयाँको सेयर कारोबार भएको  थियो। यसदिन एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढ्यो।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६.११ र राप्ती हाइड्रो पावर जनरल कन्स्ट्रक्सनको ६.०४ प्रतिशतले बढ्यो । आज ९६ कम्पनीको सेयर मूल्य बढ्दा १०४ को घट्यो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ३ करोड ४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

सगरमाथा लु्म्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख र सिटीजन इन्भेस्टमेन्ट ट्रस्टको २ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये  ४  को मूल्य बढ्यो भने बाँकी ९ को घट्यो ।


Published :जेष्ठ १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media