काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएको छ ।
देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यसविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमाना श्रेष्ठलेर संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।
मुख्यतः भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासको बाधक भ्रष्टाचार रहेको भन्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गराएको हो ।
संकल्प प्रस्तावमा भनिएको छ, ‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गृह मन्त्रालय समेतका उच्च पदस्थ कर्मचारी र पदाधिकारीले घुस लिएको, सचिव र मन्त्री पदको दुरुपयोग गरेको लगायतका प्रकरणमा रहेका अपराधहरूमा कुनै कसुर बाँकी नराखी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न नेपाल सरकारलाई निर्देशन दिनू।’