भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८०

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेशले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको हो ।

जसअनुसार पेट्रोलको मूल्य ९.५२ पैसाले घटेको छ भने डिजेलको मूल्य ८.१३ पैसा घटेको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची सार्वजनिक गर्दै आएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा निगमको बैठकमा छलफल हुने बताइएको छ । हालः पेट्रोलको मूल्य १७५ र डिजेलको १६५ रुपैयाँ प्रतिलिटर रहेको छ ।


Published :जेष्ठ १, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media