काठमाडौं । सरकारले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएलगत्तै गाडी भाडा पनि घटाएको छ । यातायात व्यवस्था विभागले लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घटाएको हो ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । घटेको मूल्य आजदेखि नै लागू भएको विभागले जनाएको छ ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
लामो दूरीका गाडीको नयाँ भाडादरको सूची–