राष्ट्रिय बाल चलचित्र महोत्सव असारको पहिलो हप्ता

काठमाडौं । चलचित्र विकास बोर्डले प्रथम ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । बोर्डले आगामी असार १, २ र ३ गते दाङ जिल्लामा महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवको संयोजकमा बोर्ड प्रवक्ता के.एल.बुढाथोकीलाई तोकिएको छ । उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनी हुने जनाइएको छ ।

साथै, चलचित्र ज्ञानसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगितासमेत हुनेछ । महोत्सवमा ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्टको आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्य दृश्य सामग्रीसमेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले जानकारी दिए ।


Published :३ जेष्ठ २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media