नेपाल बन्दको चेतावनी दिँदै नाउपाद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ ।

टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।


Published :जेष्ठ २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media