काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुखसहित आठजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, लेखाअधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव बैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीता कुमारी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उनीहरूले अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यमा नगरपालिकाको कार्यालय र उपभोक्ता समितिबीच भएको संझौताअनुसार नभएको कामलाई भएको बनाइ झुट्टा बिल बनाइ १० लाख ८ हजार ९ सय रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन् ।