साफ च्याम्पियनसिप फुटबलको कठिन समूहमा नेपाल

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८०

काठमाडौँ । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन (‘ड्र’)सार्वजनिक भएको छ ।

तर समूह ‘ए’ मा परेको नेपाल दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता कठिन समूहमा परेको छ ।

भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा नेपाल आयोजक भारतका साथ पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेतसँग परेको छ ।

समूह ‘बी’मा अर्को नयाँ टोली लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । भारतको बेंगलुरुमा असार ६ देखि १९ गते सम्म च्याम्पियनसिपको आयोजना हुँदैछ ।

नेपाल अघिल्लो संस्करणको फाइनलमा पुगेको थियो । माल्दिभ्समा भएको त्यति बेलाको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । साफ च्याम्पिनसिपको इतिहासमा नेपाल एक पटक मात्र फाइनलमा पुग्न सफल भएको थियो ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।

यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।


Published :जेष्ठ २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media