मोचा आँधीमा परी म्यान्मारमा ८१ जनाको मृत्यु, एक सय बढी बेपत्ता

राष्ट्रपाटी न्युज

जेष्ठ ३, २०८०

नेपिट । म्यान्मारमा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसंख्यक रोहिगिंया मुसलमानको बसोवासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीले बताएका छन् ।

राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ ।

आँधीका कारण एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताउनुभएको छ । (एएनआई)


Published :जेष्ठ ३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media