सरकारको ध्यान अर्थतन्त्रमा केन्द्रित हुनुपर्छः राष्ट्रपति पौडेल

राष्ट्रपाटी न्युज

जेष्ठ ४, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको ध्यान अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको अबको ध्यान अर्थतन्त्र सुदृढीकरणमा हुनुपर्ने बताउनुभएको हो ।

पौडेलले भन्नुभयो,‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ । वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखिन थालेको छ । विदेशमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुन थालेका छन् । भ्रष्टाचार नियन्त्रणको सहनशीलतालाई कार्यान्वयन गर्न थालेको छ । विधिको शासनप्रति जनताको भरोसा बढेको छ । सुशासनमा कुनै सम्झौता हुनेछैन ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको बताउनुभयो । पौडेलले सरकारको नीति तथा कार्यक्रममा मानव विकासको सूचकांकमा पछि परेका सुदूरपश्चिम र मधेश सरकारलाई प्राथमिकतामा राखिने बताउनुभयो । नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय समन्वय परिषद्लाई क्रियाशिल बनाइने बताउनुभयो ।


Published :जेष्ठ ४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media