काठमाडौँ । भारत सरकारले दुई हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ ।
यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउँदै दुई हजारको नोट चलाउन सुरु गरेको थियो ।
सो नोट चलाउन सुरु गरेको सात बर्षमा नै फेरी दुई हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।
भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिँदै अब दुई हजारका नोट बजारमा आउने छैनन् । बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने दुई हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन् ।
रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको दुई हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ । (एजेन्सी)