बर्दिया । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको आवश्वान पाएपछि विगत ८ दिनदेखि आमरण अनशन वस्नु भएको प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले अनशन तोडेका छन् ।
जब्दिघाटको पुल मर्मत लगायत १५ बुँदे माग राख्दै आमरण अनशन बस्नु भएका प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले सरकारका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री विच उल्लेखित बुँदाका मागका विषयमा तत्काल प्रकृया अगाडि बढाउने सहमति जनाएपछि मन्त्रीले जुस खुवाउँदै अनशन तोडिएको छ ।
जव्दीघाटको पुल मर्मतका लागी केहि दिन भित्रै टेन्डर आव्हान गर्ने, नदिको विच भागमा रहेको भत्किएको पुल तत्काल हटाउने , सुर्खेत तेलपानि सडक खण्ड निर्माणको लागी आवश्यक पहल गर्ने लगायतका विषयमा सहमति भएपछि अनशन तोडिएको हो । अनशनमा बसेका गौतमले बर्दियाबाट प्रतिनिधि सभामा सहभागी भए पनि आफुले उठाएका विषय सम्बोधन नभएको हुदा बाध्य भएर आमरण अनशन वस्नुपरेको बताउदै सरकारका तर्फबाट मन्त्रीले आश्वासन दिएपछि आमरण अनशन फिर्ता लिएको बताए ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उल्लेखित मागका विषयमा सरकार गम्भिर भएको हुँदा तत्काल गर्न सकिने काम गरिने बाँकी कानुन प्रकृयाबाट अगाडि बढ्ने बताए । साथै उनले जव्दिघाटको पुलले विकासलाई गिज्याइरहेको हुँदा भत्किएका अवशेषहरु तत्काल हटाइने पुल निर्माणको विषयमा अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेको हुँदा नयाँ मर्मतका लागि कानुन प्रकृया अगाडि बढाइने बताए ।
बर्दिया क्षेत्र न १ बाट प्रतिनिधि सभामा निर्वाचित सञ्जयकुमार गौतमले समग्र बर्दियाको विकासका लागी बैशाख ३० गते बाट भत्किएको जब्दिघाटको पुलमुनि नै आमरण अनशन बसेका थिए ।