कांग्रेस–माओबादी गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको ओलीको दाबी   

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम असफल दस्तावेज भएको बताएका हुन्।

प्रतिनिधि सभामा सरकारको निती तथा कार्यक्रमा एमाले अध्यक्ष ओलीले अर्थतन्त्र संकटमा जाँदा पनि सरकार मौन भएको बताएका हुन्। ओलीले भने, ‘अर्थतन्त्र डिलमा पुर्‍याउने प्रमुख कारण कांग्रेस–माओबादी गठबन्धन हो । तथ्याकंहरुले त्यसो बोल्दैनन् । यो गठबन्धन जनतालाई सुःख दिन हो कि अर्थतन्त्र ओरालो लगाउन बनाएको हो ? ’

ओलीले प्रस्तुत निति तथा कार्यक्रममा फरक फरक विवरण पेश गरेको भन्दै अर्थतन्त्र प्यारालाइसीस अवस्थामा पुगेको बताए । ओलीले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा प्रधानमन्त्री ज्यूले राजस्व संकलन कठिनाइ भएको भन्न मिल्छ । यो सरकारको निति तथा कार्यक्रम असफल दस्ताबेज हो । सरकार समस्या समाधानका लागि बनेको हो । समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्दैन ।’

सरकारप्रति जनताको विश्वास बढ्ने कुनै कार्यक्रम सरकारको निति तथा कार्यक्रममा समावेश नभएको बताए ।


Published :जेष्ठ ६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media