देशभर हिस्टुनले गर्यो – धर्ना, प्रदर्शन र ज्ञापनपत्र हस्तान्तरण

राष्ट्रपाटी न्युज

जेष्ठ ९, २०८०

काठमाडौं। माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN) ले साविक उच्च माध्यमिक बिधालयमा कार्यरत शिक्षकहरुका मागहरू सम्बोधन गर्नका लागि हिस्टुन केन्द्रिय कमिटीको निर्णय बमोजिम आज देशभर प्रदर्शन गरेको छ। काठमाडौं उपत्यकाका काठमाडौ , ललितपुर र भक्तपुर लगायत देशभर ७७ जिल्लाका शिक्षा समन्वय इकाइहरु तथा ७५३ वटै स्थानीय तहमा दवावमुलक कार्यक्रम स्वरुप धर्ना दिनुका साथै ज्ञापनपत्र समेत बुझाइएको छ ।

उक्त कार्यक्रममा साविक उमावि शिक्षकहरुका विभिन्न समस्याहरूको बारेमा ध्यानाकर्षण गराइएको हिस्टुन केन्द्रिय समितिका अध्यक्ष टीका न्यौपानेले जानकारी दिएका छन् ।

चार हजार अनुदान कोटालाई दरबन्दीमा रुपान्तरण गर्ने ,माध्यमिक द्वितीय श्रेणीमा आन्तरिक प्रतिस्पर्धा हुने गरी व्यवस्थापनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने, जिल्लान्तर शिक्षक सरुवा,मर्यादाक्रमजस्ता विषयहरू उठाएर हिस्टुनले लामो समय देखि आन्दोलन गर्दै आएको छ ।

यही जेठ १५ गते सरकारले घोषणा गर्ने आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत साविक उच्च मावि शिक्षकहरुका समस्याहरु सम्बोधन नभए थप दबाब मुलक कार्यक्रमहरु संचालन गर्ने समेत बताइएको छ।

उक्त कार्यक्रम अन्तर्गत भर्खरैमात्र सम्पन्न भएको कक्षा १२ को वार्षिक परीक्षाका उत्तरपुस्तिका परीक्षणमा असहयोग गर्ने, यति गर्दा पनि सुनुवाई हुन नसकेको खण्डमा विभिन्न खालका कठोर आन्दोलनको घोषणा गरिने न्यौपानेले जानकारी दिएका छन्।


Published :जेष्ठ ९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media