पहाडी भू-भागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८०

काठमाडौं । नेपालमा पश्चिमी  निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।

शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरेको छ ।

राती कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।


Published :जेष्ठ १२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media