भारतको बैंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज पुनः फर्काइयो

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८०

काठमाडौं । भारतको बैंगलोरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ ।

अपरान्ह १ः३०  मिनेटमा बैगलोरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राबिधिक निरीक्षण जारी छ ।


Published :जेष्ठ १२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media