काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वास्थ्य शीर्षकमा ८३ अर्ब ९९ करोड बजेट छुट्याइएको बताए ।
सरकारी छात्रवृत्तीमा एमडीएमएस गरेका विशेषज्ञ चिकित्सकले निश्चित अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिने बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालन र व्यवस्थापनमा एकरुपता ल्याउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन ल्याइने बजेटमा उल्लेख छ ।