एक किलो ७० ग्राम सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

राष्ट्रपाटी न्युज

जेष्ठ १५, २०८०

काठमाडौं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ७० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

यूएईको सारजहाबाट सोमबार एयर अरबियाको जहाजबाट काठमाडौं आएका भारतीय नागरिक मोहमद हुसेन सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार युएईको सारजाहबाट काठमाडौं आएका भारत केरलाका हुसेन सुनका तीनवटा डल्लासहित पक्राउ परेका हुन् । उनी एयर अरेबियाको फ्लाइटबाट सोमबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।

विमानस्थलमा चेकजाँचका क्रममा उनको हाउभाउ शंका लागेपछि विमानस्थल प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ ।


Published :जेष्ठ १५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media