नापतौलका पूर्ववरिष्ठ निरीक्षक यादवविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा

राष्ट्रपाटी न्युज

जेष्ठ १५, २०८०

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका पूर्व बरिष्ठ निरीक्षक शशी कुमार यादवविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जन गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान हुँदा यादवले ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको बताए ।

यादवले सार्वजनिक पदमा रहँदा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआइ ४ करोड ४७ लाख ३४ हजार २१२ बराबरको सम्पत्ति ऋणात्मक देखिएकाले रक्त रकमको वैधानिक स्रोत पुष्टि नभको अख्तियारले जनाएको छ ।

यादव २०४६ साल जेठ महिना ८ गतेदेखि २०७९ साल असरा मसान्त सार्वजनिक पदमा रहेका थिए । सोही अवधिमा कूल २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ आय आर्जन गरेको देखिनुपर्नेमा ७ करोड २४ लाख ५६ हजार २६३  रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरेको देखिएको छ ।

यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको  र स्रोत नखुल्ने सम्पत्तीबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा,घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको अख्तियारको ठहर छ ।


Published :जेष्ठ १५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media