नेपाली र भारतीय प्रधानमन्त्रीबीच सातबुँदे सम्झौता 

राष्ट्रपाटी न्युज

जेष्ठ १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सातबुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सातबुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

पेट्रोलियम पाइपलाइन, तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायतमा सम्झौता भएको छ ।

सुनौली–भैरहवा इन्टीग्रेटेड चेक पोष्टको सिलान्यास गरिएको छ । यस्तै, बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन भएको छ ।

अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाईपलाइनको शिलन्यास, गोरखपुर–न्यू बुटवल चार सय केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्टलाई अघि बढाइने सम्झौता भएको छ ।

भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने समझदारी भएको छ।अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि समझदारी भएको छ ।


Published :जेष्ठ १७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media