शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम १ अर्ब ६५ करोड ६३ लाख बढी

राष्ट्रपाटी न्युज

जेष्ठ २०, २०८०

काठमाडौं । कारोबार साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ९.४९ अंकले बढेर ३६५.१० विन्दुमा अडिएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कर व्यवस्था गरेको भन्दै सेयर लगानीकर्ताहरू आन्दोलित भएका थिए। तर, अर्थमन्त्रालयले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने बताएपछि नियमित उरालो लागेको नेप्से परिसूचक उकालो लागेको लगानीकर्ताहरू बताउँछन् ।

आज बिहान लगानीकर्ताहरूले बजेटमा नयाँ कर व्यवस्थाबारे अर्थमन्त्रालयमा छलफल गरेका थिए।

यस दिन २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँमा खरिदबिक्री भयो ।

आज आइजीआई प्रडेन्सियल इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो। यस्तै सामुदायिक लघुवित्त वित्तीयको ९.८७,ग्लोबल आइएमई ब्यालेन्स फन्डको ९.८० र सोल्टी होटेलको ९.६२ प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले १५ करोड बढि मूल्यको सेयर कारोबार गर्‍यो।

यस्तै सोल्टी होटलको ८ करोड चिली हाइड्रोपावरको ६ करोड बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। होटल् एण्ड टुरिम उपसमूहको सूचक सर्वाधिक ७.३७ प्रतिशतले बढ्यो। नन लाइफ इन्स्योरेन्सको ४.५४ प्रतिशतले बढ
दा डेभलपमेन्ट,फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो र ट्रेडिङ उपसमूहको सूचक ३ प्रतिशत बढिले बढ्यो । आज २१७ कम्पनीको मूल्य बढ्दा ३ को मात्रै घट्यो ।


Published :जेष्ठ २०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media