अब विद्युत निर्यातको समस्या समाधान हुन्छः अर्थमन्त्री महत

राष्ट्रपाटी न्युज

जेष्ठ २०, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने दाबी गरेका छन् ।

आईतवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने दाबी गरेका हुन् ।

उनले विद्युत निर्यातको समस्या समाधान हुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए ।

मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमुलक रहेको बताए ।


Published :जेष्ठ २०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media