शेयर बजारमा १७.३८ अंकको करेक्सन, २ अर्बको कारोबार  

राष्ट्रपाटी न्युज

जेष्ठ २१, २०८०

काठमाडौं । सेयर बजारमा सोमबार करेक्सन आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले नेप्से बढेको थियो ।

बढेको मौकामा ट्रेडरहरुले बेच्ने भएकाले सूचकमा केही दबाब परेको अनुमान गरिएको छ । ट्रेडरहरुले थोरै मार्जिनमा किनबेच गर्ने भएकाले बजरमा त्यसको प्रभाव देखिइहाल्छ।

यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा अडिएको छ । झन्डै २ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन २७७ कम्पनीको ५६ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र चिलिमे हाइड्रोपावर परेका छन् ।


Published :जेष्ठ २१, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media