धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौँ फिर्ता

राष्ट्रपाटी न्युज

जेष्ठ २२, २०८०

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ फिर्ता आएको छ ।

‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौँ फर्काएर अवतरण गराइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फिलियर भएको थियो। त्यसपछि जहाज ५० माइल टाढा पुगेर फिर्ता आएको थियो।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौँमै फिर्ता आएको बताए । उनका अनुसार उक्त जहाज काठमाडौँमा सुरक्षित रूपमा अवतरण भइसकेको छ ।


Published :जेष्ठ २२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media