एमाले जनसङ्गठन सञ्चालन संयन्त्रको बैठक च्यासलमा सुरु

राष्ट्रपाटी न्युज

जेष्ठ २६, २०८०

काठमाडौँ । नेकपा एमाले जनसङ्गठन सञ्चालन संयन्त्रको बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको एक वर्षे अभियानका विषयमा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा पार्टी सचिवालयले पदाधिकारीलगायत केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेपछिको परिस्थितिमा जनसङ्गठनहरूको परिचालन कसरी गर्ने भन्ने विषयमा महासचिव पोखरेलले निर्देशन दिने बताइएको छ ।

जनसङ्गठन परिचालनका प्रमुख भानुभक्त ढकालले पार्टीको अभियानलाई जनसङ्गठनहरूले के कसरी साथ दिने ,आफ्ना अभियानहरू कसरी अघि बढाउने भन्ने विषयमा प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।


Published :जेष्ठ २६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media