‘विष्णुचन्द्र अभिनव सर्वोत्कृष्ट गद्यकविता पुरस्कार २०८०’ बाट कवि भलादमी भोला सम्मानित

राष्ट्रपाटी न्युज

जेष्ठ २७, २०८०

काठमाडौं। कवि भलादमी भोला अर्थात भोला नाथ सुबेदी ‘विष्णुचन्द्र अभिनव सर्वोत्कृष्ट गद्यकविता पुरस्कार २०८०’ बाट पुरस्कृत भएका छन्।

‘ जुनसंग आग्रह ‘ नामक गध कविता उत्कृष्ट भएपछी सुबेदी ७,००० पुरस्कार सहितको उक्त सम्मानबाट सम्मानित भएका हुन्। अभिनव साहित्य समाज ज‍ोरपाटीले आज एक विशेष समारोह बीच उक्त पुरस्कार तथा सम्मान सुबेदीलाइ प्रदान गरेको हो।

यो पुरस्कारले आफूलाइ साहित्य लेखनमा अझ सक्रिय साथ लाग्न हौसला प्रदान गरेको सुबेदीले बताएका छन् ।


Published :जेष्ठ २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media