बजेटबाट माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीको विरोध

राष्ट्रपाटी न्युज

जेष्ठ २७, २०८०

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षक लगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म थाल ठटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने आफुहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निशुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वय गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


Published :जेष्ठ २७, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media