काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताए। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले सोमबार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढंगले बजेट निर्माण भएको दाबी गरेका हुन् ।
अर्थमन्त्री डा. महतले आफ्नो अठोट देश र जनताप्रति भएको बताए। । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताए। पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उनको भनाइ थियो । व्यक्ति पार्टीभन्दा ठूलो बन्न नसक्ने डा. महतले बताए।
उनले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताए । पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उनको भनाइ छ ।