डोजर लगाएर सरकारी जग्गा खाली गराउँदै काठमाडौँ महानगर

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ । वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो ।महानगरको उक्त कदमप्रति भने स्थानीयहरूले विरोध जनाएका छन् ।

सरकारी जग्गा अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाउँ बनाएको स्थानमा महानगरले जबरजस्ती हस्तक्षेप गरेको उनीहरूको भनाइ छ । उनीहरूले सोहि स्थान नजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नम्बर २९ ले भने स्थानीयले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ ।

सोहि अनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । उनले सार्वजनिक जग्गा केहि व्यक्तिहरुले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताए ।

वडा कार्यालय निर्माण गर्ने विषयमा यसअघि कांग्रेस क्षेत्र नंवर १ का सांसद प्रकाशमान सिंह सहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षबिहीन भएको थियो ।


Published :जेष्ठ २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media