संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार भयोः अर्थमन्त्री महत

राष्ट्रपाटी न्युज

जेष्ठ २८, २०८०

काठमाडौं ।  अर्थमन्त्री प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए ।

कम्तीमा १ करोड घटीको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै हुने उनले प्रष्ट  पारे । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिकलगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाइ छ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेको बताए । यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तीमा १ करोड विनियोजन भएको छ । सडक,सिँचाइ, खानेपानी,शिक्षा,स्वास्थ्य,पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन भएको छ ।

भौतिक पूर्वाधार क्षेत्रमा आम सर्वसाधारणले सांसद्हरूबाट धेरै योजना माग गरिरहेका बताए ।

पुँजीगत खर्चलाई कार्यान्वयन गर्न सरकारले सुरुवात दिनबाटै गम्भीर भएर काम गर्ने उनको भनाइ छ ।


Published :जेष्ठ २८, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media