शेयर बजारमा आज पनि दोहोरो अंकको वृद्धि, ५ अर्ब १ करोड ७८ लाखको कारोबार

राष्ट्रपाटी न्युज

३१ जेष्ठ २०८०

काठमाडौं । सेयर बजार आज पनि उकालो लागेको छ। आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार आज पनि उकालो लागेको हो।  आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। आज २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको थियो। मंगलबार  ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको सेयर कारोबार भएको थियो।

सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४० अंकले बढेको थियो। सो दिन ३ अर्ब ४५ करोड बढिको सेयर कारोबार भएको थियो। सोमबार २ अर्ब ८८ करोड ६५ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतल हाराहारीमा बढ्यो। खप्तड लघुवित्त वित्तीयको ९.९९ र सिटी होटलको ९.९५ प्रतिशतले सेयर मूल्य बढेको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६ को घट्यो। बैंकिङ,हाइड्रोपावर, लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो,माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अदर्श उपसमूहको सूचक बढेको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बढिको सेयर कारोबार भयो। हिमालयन डिस्टिलरीको २४ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १४ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो।

आज १२६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ को स्थिर रह्यो ।


Published :३१ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media