अनलाइन जुवा खेल प्रचारको आरोपमा बल्छी ध्रुवे र राजु मास्टरसहित ८ जना पक्राउ

राष्ट्रपाटी न्युज

जेष्ठ ३२, २०८०

काठमाडौं । अवैध रुपमा अनलाइन जुवा खेल्नको लागि प्रचार प्रसारमा देखिएपछि कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु पौडेल ‘राजु मास्टर’ सहित ८ जना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार श्रेष्ठ र पौडेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा युट्युबर पनि संलग्न  छन्।

‘वान एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेको आरोपमा उनीहरुमाथि प्रहरीले निगरानी गरिरहेको थियो । प्रहरीले ७४ करोड बढीको अनलाइन जुवा खेलाएको आरोपमा बुधबार मात्रै ५ जना नियन्त्रणमा लिएको थियो ।

यही घटनाको अनुसन्धान गर्दै जाँदा कलाकारहरुको पनि संलग्नता देखिएको थियो । कलाकारहरुले वान एक्स बेटमा सट्टेबाजी खेलाउने र युटुबमा यसको विज्ञापन गर्ने गरेका थिए ।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । नेपालमा अवैध रहेको अनलाइन जुवा खेल्नका लागि उनीहरुले विज्ञापनमार्फत् युवाहरुलाई आकर्षित गरेको आरोप छ ।


Published :जेष्ठ ३२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media