काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमाले सांसद सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने बताएका हुन् ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्ति आपतिजनक रहेको बताए ।
सांसद पन्तले राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको दावी गरे ।
उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएपनि पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको जिकिर गरे । नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा स्पष्ट रहेपनि राजदूत शर्माले भारतमा गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गरेको उनको आरोप छ।
उनले इपीजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूत शर्माले व्यक्त गरेको अभिव्यक्ति पनि आपत्तीजनक र खेदपूर्ण रहेको बताए ।