नक्कली भुटानी शरणार्थी प्रकरणको जवाफी बहस जारी, थुनछेक आदेश आजै आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जवाफी बहस जारी छ।  मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरू भएको हो ।

जवाफी बहस सकिएसँगै आजै थुनछेक आदेश आउने बताइएको छ । जिल्ला अदालत काठमाडौंका वैतनिक वकिल शंकर पौडेलले सरकारी वकिलहरूको जवाफी बहस आजै सकिने  र साँझसम्ममा थुनछेक आदेश आउने बताए । सो प्रकरणमा १८ जना पक्राउ परेका छन् ।
अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले जवाफ दिने र त्यसका लागि १ बजेसम्मको समय तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरे, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गर्नेछन्।

आरोपीलाई थुनामा राख्ने की नराख्ने भनेर दिने आदेश नै थुनछेक आदेश हो । प्राय भाग्न सक्ने, प्रमाण नष्ट हुने अवस्था देखिएमा थुनामै राखेर मुद्दा अघि बढाउने आदेश हुने गर्छ ।


Published :१ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media