काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् ।
उनले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।
राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।