काठमाडौं । एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । हङकङविरुद्धको खेल टस पनि नभई रद्द हुँदा नेपालको यात्रा समूह चरणमै सीमित भयो । यससँगै नेपालको सेमिफाइनल खेल्ने सपना पनि अधुरै भएको छ।
नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनको पराजय बेहोरेको थियो। दोस्रो खेलमा भारत ‘ए’ सँग पनि वर्षाकै कारण खेल हुन नसक्दा नेपालले अंक बाँडेको थियो।
प्रतियोगितामा नेपालले ४ खेलमा २ अंक जोड्न सक्यो। नेपाल रहेको समूह ‘ए’ बाट अब भारत र पाकिस्तान सेमिफाइनल खेल्नेछन् । नेपालसँग अंक बाँडेसँगै हङकङ पनि बाहिरिएको छ ।