भोलिदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने महानगर प्रमुख शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।

महानगरका प्रमख बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन गरेको आग्रह बेवास्ता गरेकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको बताए । महानगरले उक्त सन्देश हटाउन तीन दिनअघि आग्रह गरेको थियो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा भोलिदेखि निषेध गरिएको उनले बताए ।


Published :असार २, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media