सरकारले ल्याएको बजेटमा एकरुपता देखिएनः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्नेगरी र पुराना योजना सबै सक्नेगरी बजेट आउनुपर्ने भए पनि त्यो अनुसार बजेटमा एकरुपता नदेखिएको बताएका हुन् ।

उनले सरकारले यो वर्ष पनि बजेट कनिका छरे जस्तै गरी बजेट छरेको बताए । उनले सरकारले बजेट मन्त्रालय वा जिल्लागत रुपमा योजना छनोट गर्दा एकरुपता कायम नगरेकाले अहिले समस्या देखिएको बताए । उनले सरकारले पुँजीगत खर्च कम भएको थाहा पाउँदा-पाउँदै त्यही अनुसारका योजना बनाउन नसकेको बताए । सांसद पौडेलले सरकारसँग पैसा कम भएकाले नयाँ योजना ल्याउनसक्ने स्थिति नभएको, पुराना आयोजनाहरुलाई सम्पन्न गर्न र सरकारको दायित्व पूरा गर्नुपर्ने तस्विर मन्त्रालयको बजेटमा आउन नसकेको पनि बताए ।

उनले सरकारको एउटा निकायले नेपाली सेनाले जिम्मा लिएको फास्ट्रयाक समयमा नै सम्पन्न गर्न नसक्नु सरकारको क्षमतामाथि प्रश्न उठ्ने बताए । उनले उक्त सडकको जिम्मा कुनै ठेकेदार र एउटा कुनै कम्पनीलाई नदिएको भन्दै नेपाली सेनालाई दिँदा समेत समयमा नै काम सम्पन्न हुन नसक्नु राम्रो पक्ष नभएको बताए । उनले सडकको बन्ने लागत ५ गुणा बढेको तथा नागरिकहरुले बढी सास्ती पाएको बताए ।


Published :४ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media