धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । बझाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको हो।
नेपालगन्जको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मन्त्री सिंहको निधन भएको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले जानकारी दिए ।
यसअघि उनकी पत्नी अमृता सिंह र उनकी भाउजु जयदेवी सिंहको निधन भएको थियो।
मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा भएको थियो । जीप सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।