अन्तर्राष्ट्रिय योग दिवसको अ‍वसरमा बूढानिलकण्ठ- १० ले ‘योग उत्सव’ मनाउने

बूढानीलकण्ठ । ‘वसुधैव कुटुम्बकमका लागि योग’ भन्ने मुल नाराका साथ बूढानीलकण्ठ नगरपालिका वडा नं १० को आयोजनामा असार ६ गते अन्तर्राष्ट्रिय योग दिवस (योग उत्सव) मनाउन लागिएको छ ।

उक्त अवसरमा नगरपालिकाको विभिन्न स्थानबाट बिहान ५ः ०० बजे शान्ति र्याली प्रारम्भ हुनेछ भने कार्यक्रम स्थल कप-अन फुटसल बालुवाखानीमा बिहान ५:२० बजे आइपुगीने आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा शान्तिर्याली सहित योग उत्सवको प्रयोगात्मक अभ्यास बिहान ५:३० बाट प्रारम्भ हुने भएकोले समयमै उपश्थित भएर लाभ लिन
नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराईले सम्पूर्ण योग प्रेमीहरुलाई निमन्त्रणा गरेका छन् ।

शान्तिर्यालीको रुटः
१. योग प्रेमी परिवारको बंगलामुखी मन्दिरमा भेला भएर कपन राममन्दिर मनकामना मन्दिर साप्रेढुंगा पुलहुँदै कार्यक्रम स्थल तर्फ जाने ।

२. महिला पतन्जलि योग समिति नेपालको मिलनचोक पार्टी भेन्यूमा भेला भएर सिद्धेश्वर मन्दिर, पञ्चकन्या चौक, आकासेधारा हुँदै कार्यक्रम स्थल तर्फ जाने ।

३. सिद्धेश्वर योग साधना केन्द्रको १० नं वडा कार्यालयमा भेला भई आकासेधारा, प्रहरी बिट मितेरी पुल, भुर्तेल चौक, एकताबस्ती, ज्योतिनगर हुँदै कार्यक्रम स्थल तर्फ ।

४. जीवन विज्ञान तथा पतन्जलि योग समितिका मित्रहरु निखिलेश्वर मन्दिर अघि भेला भएर बालुवाखानी चौक हुँदै कार्यक्रम स्थल तर्फ जाने ।


Published :असार ४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media