हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरुद्ध चलचित्र संघ अदालतमा

काठमाडौं । भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।

आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताउनु भएको छ। जसविरुद्ध बुधबार संघ उच्च अदालत पाटन पुगेको हो ।

संघले दायर गरेको रिट निवेदनमा काठमाडौंका हलमा हिन्दी फिल्म सञ्चालन गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।

उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ ।


Published :असार ६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media