ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर विजयी

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर विजयी भएका छन् ।

बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार उहाँ ४४१ मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी महेन्द्र यादवले ३७६ मत पाएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।

महासचिवमा अजय कुमार राई निर्वाचित हुँदा खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भए ।

यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रतर्फको उपमहासचिवमा कुलबहादुर खड्का र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना विजयी भए ।

कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र  सह–कोषाध्यक्षमा रशामाया गुरुङ निर्वाचित भएका छन् ।


Published :असार ६, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media