हरारे । जसोन होल्डरको तीन विकेटप्रेरित वेस्ट इन्डिजले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह एमा नेपाललाई एक सय एक रनले पराजित गरेको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर तीन सय ३९ रनको योगफल तयार गरेको थियो । जितका लागि कीर्तिमानी योगफल बनाउनुपर्ने लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन ।
जितसँगै वेस्ट इन्डिजल दुई खेलबाट चार अंक जोडेको छ। शनिबार घरेलु टिम जिम्बाब्वे र वेस्ट इन्डिज आमनेसामने हुनेछन्। दश टिम सहभागी प्रतियोगिताका दुई समूहबाट शीर्ष दुई टिम सुपर सिक्समा पुग्ने छन् ।