पशुपतिनाथको जलहरीमा भ्रष्टाचारको आशंकामा अख्तियार अनुगमनमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति मन्दिरमा जाने भएको छ । जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो ।
अख्तियारको टोली मन्दिरमा आउने भएपछि अन्य सबैलाई भक्तजनहरुलाई निकालेर चारै ढोका बन्द गरिएको छ ।
पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएका छन् । सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप लगाउँदै उजुरी परेपछि अख्तियारको टोलीले जलहरीको तौल लिन लागेको हो ।


Published :असार ९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media