बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

गत शुक्रबार  अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको हो ।

भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको रिट निवेदनमा दाबी गरिएको छ ।


Published :असार ९, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media