बढ्यो सुनचाँदीको मूल्य

राष्ट्रपाटी न्युज

असार १०, २०८०

काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ ।  सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।


Published :असार १०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media