बजेट असन्तुलित छ, संशोधन गर्नुपर्छः ठाकुर गैरे

राष्ट्रपाटी न्युज

असार १०, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले बजेट संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले बजेट असन्तुलन, अव्यवहारिक र जनपक्षीय नभएकाले संशोधन गरेर मात्र पास गर्नुपर्ने बताएका हुन् ।

उनले भने,’ठिक यसैबेला बजेट पास गर्ने तयारीमा छौं। जुन बजेट असन्तुलन छ। व्यावहारिक छैन। जनपक्षीय पनि छैन। बजेट पास गर्न सदन एकतावद्ध भएर प्रस्तुत हुन जरुरी छ।’

उनले बजेट संशोधन गरेर पास गरेमा सकारात्मक सन्देश जाने बताए ।

‘कम्तिमा यस पटकको सदनबाट दलहरू कमजोरीलाई स्वीकार्न गर्न तयार छन्। सरकार कमजोरी स्वीकार्न तयार छ भन्ने कुरालाई आत्मसात गर्दै यो बजेटलाई संशोधन गरेर जनपक्षीय, व्यवहारिक र सन्तुलित बनाएर पास गर्न  यो सदन एकतावद्ध भएर प्रस्तुत हुन जरूरी छ। यसले देशलाई सकारात्मक सन्देश दिन्छ ।’


Published :असार १०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media