दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम ५ अर्ब ३१ करोड बढी

काठमाडौं । नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन परिसूचक ६२ अंकले बढेको थियो। परिसूचक दोहोरो अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।

आइतबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। यसदिन २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँमा खरिदबिक्री भयो।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । अघिल्लो कारोबार दिन आइतबार ७ बढि कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको थियो।

यसदिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड ५९ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।

यस्तै सोल्टी होटलको २७ करोड र हिमालयन डिस्टिलरीको २२ करोड मूल्यको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे। १३ उपसमूहमध्ये ८ को सूचक बढ्यो भने बाँकी ५ को घट्यो।

माइक्रो फाइनान्सको सूचक सर्वाधिक ३.९९ प्रतिशतले बढ्यो। आज १२३ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ४ को स्थिर रह्यो ।


Published :११ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media