काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भए पनि पास गर्ने बताएका छन् ।
मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले संसदबाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब पर्ने भएकाले गठबन्धनले जसरी भए पनि बजेट पास गर्ने बताए । उनले सरकार बजेटका विषयमा प्रश्न उठेका विषयमा कानूनी रुपमा सच्याएर बजेट पास हुने वातावरण रहेको बताए ।
उनले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकमान्तर गरेर भए पनि बजेट पास गर्नुको विकल्प नभएको बताए । उनले गठबन्धनभित्रका केही सांसदहरुले बजेटमा असन्तुष्टि जनाए पनि बजेट पास हुने दाबी गरे । उनले बजेट पास भएपछि पनि वर्तमान गठबन्धनको सरकार कायम रहने बताए ।
उनले अहिले नै सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै वर्तमान सरकारको निरन्तरता रहने बताए । उनले बाहिर हल्ला आएजस्तो गठबन्धनमा रहेका दलले सरकार छोड्ने अर्को समिकरण बनाउने निर्णय नगरेको बताए । उनले एमाले काँग्रेसको समिकरण बन्ने कुरा हल्ला मात्रै भएको बताए ।