पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार प्रहरी नियन्त्रणमा

राष्ट्रपाटी न्युज

असार १४, २०८०

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । रौनियारलाई नेपाल प्रहरीको बानेश्वर वृत्तबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाँके जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा उनलाई नियन्त्रणमा लिइएको बानेश्वर वृत्तले जनाएको छ । वृत्तका अनुसार पक्राउ परेका रौनियारलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाइनेछ ।

रौनियारको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर काम पूरा नगरेका धेरै योजना रहेका छन् ।


Published :असार १४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media